गुवाहाटी: गुवाहाटीको पलटन बजार पुलिसले नक्कली सूनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूमा एक महिला पनि सामेल छन्।
गुवाहाटी पुलिसले आज बताए अनुसार, गुप्त सूचनाको आधारमा थाना क्षेत्रको नेपाली मन्दिर एरियामा चलाइएको अभियान अवधि एक किलो ३१ ग्राम नक्कली सूनसहित तीन जनालाई पक्राउ गरिएको छ।
पक्रा परेका आरोपीहरूको नाम मिहिरजान इस्लाम (२५, बरपेटा), मोहम्मद हनीफ आली (२४, लालुक) र यस समूहकी मुख्य आरोपी लालुक निवासी मेहरजान नेसा (३०) बताइएको छ। यस सम्बन्धमा पुलिसले प्राथमिकी दर्ता गरेर कारबाही शुरू गरेको छ।









