पीसीबी-को कठोर कदम, पकिस्तानी खेलाड़ीहरूमाथि ५०-५० लाखको जरिमाना

IMG-20260302-WA0029

कराची: टी२० वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले कठोर कदम उठाएको छ। रिपोर्ट्स अनुसार, सेमिफाइनलमा स्थान बनाउन असफल हुँदा टीमका प्रत्येक खेलाड़ीमाथि ५० लाख पाकिस्तानी रुपियाँ (लगभग १६ लाख भारतीय रुपियाँ)-को जरिमाना लगाइएको छ। पाकिस्तानी दैनिक एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार, भारतविरुद्ध ग्रुप चरणको हार र हालै सुपर ८-मा ईंग्ल्याण्डविरुद्ध हारपछि यस्तो फसेला आएको छ। टीमले पछिबाट श्रीलंकाविरुद्ध जसोतसो जीत हासिल गरे पनि सेमिफाइनलमा स्थान बनाउन सकेन। टीमको यस्तो प्रदर्शनपछि बोर्डका अधिकारीहरू रिसाएका छन् अनि आईसीसी टुर्नामेण्टहरूमा लगातार असफलतापछि यस्तो कदम उठाइएको छ। टीमको निराशाजनक प्रदर्शनपछि पूर्व क्रिकेटरहरूले पनि आलोचना गरेका छन्। पाकिस्तानका पूर्व कप्तान जावेद मियाँदादले भने, देशको क्रिकेटमा छाप छोड़न तपाईंलाई २ सालमा एकपल्ट मौका प्राप्त हुन्छ। यस्तो मौकाहरूमा टीम यसरी असफल भएको देख्दा दुःख लाग्छ। यो साँच्चै निराशाजनक हो। टी२० अहिले धेरै योजनाबद्ध प्रारूप बनिसकेको छ अनि पाकिस्तानका खेलाड़ीहरू अन्य टीमहरूको स्तरसम्म पुग्न सकेका छैनन्। यसरी पूर्व कप्तान मोहम्मद यूसुफले चयन नीतिमाथि प्रश्न उठाएका छन्। उनले भने, केही खेलाड़ीहरूलाई आफूलाई साबित गर्न धेरै मौका दिइन्छ तर उनीहरूले ठूलो टुर्नामेण्टहरूमा प्रदर्शन गर्न सकेका छैनन्। अब गल्तीहरूबाट शिक्षा लिएर अघि बढ़ने समय आएको छ। उल्लेखनीय छ, टी२० वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि बाबर आजम, वर्तमान कप्तान सलमान अली आगा, शाहीन शाह अफरीदी र शादाब खान जस्ता सीनियर क्रिकेटरहरूका कड़ा आलोचना भइरहेको छ।

About Author

Advertisement