दार्जिलिङको सुन्दर क्षेत्रमा भाजपा पश्चिम बंगालका अध्यक्ष तथा सांसद समिक भट्टाचार्यको भव्य स्वागत

FB_IMG_1772382482500

दार्जिलिङ: दार्जिलिङ क्षेत्रमा आज भारतीय जनता पार्टी, पश्चिम बंगालका अध्यक्ष तथा सांसद समिक भट्टाचार्य आइपुगे। उनि यहाँ यस क्षेत्रका जनतासंग भेटघाट तथा संवाद गर्न आएका हुन्। साथै उनले पश्चिम बंगालभरि आयोजना हुने “परिवर्तन यात्रा”को नेतृत्व गर्नेछन्।


प्राप्त जानकारी अनुसार दार्जिलिङ लोकसभा सांसद राजु विष्टले संजालमा जनाए कि समिक भट्टाचार्यको उपस्थितिले भाजपा कार्यकर्तामा ऊर्जा थपेको छ र उनीहरू सबैले राज्यमा भारतीय जनता पार्टीद्वारा सुनिश्चित गरिने राम्रो शासन, पारदर्शी र भ्रष्टाचार मुक्त सरकारको सन्देश जनतासम्म पुर्याउन ध्यान केन्द्रित गरे।

About Author

Advertisement