सिलगढ़ी: विधानसभा चुनाउ-२०२६ को आधिकारिक तारिक घोषणा हुन अगावै राज्यका केही जिल्लाहरूमा केन्द्रिय सुरक्षा बलहरूको उपस्थिति देखिँदैछ। उत्तर बंगालको महत्वपूर्ण केन्द्र सिलगढ़ी विधानसभा क्षेत्रमा पनि मतदान र मतगणनाको तिथि घोषणा हुनअघि नै केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ।
प्रशासनिक सूत्र अनुसार चुनाउपूर्व कानून-व्यवस्थाको स्थितिलाई सामान्य राख्न तथा मतदान प्रक्रियालाई निष्पक्ष एवं शान्तिपूर्ण ढंगमा सम्पन्न गराउने उद्देश्यले केन्द्रिय बलहरूलाई अग्रिम तैनाथ गरिएको हो। अधिकारीहरूको भनाइ छ, यो एक नियमित सतर्कता कदम हो।
तथापि विपक्षी राजनीतिक दलहरूको एक वर्गले यस अग्रिम तैनाथीमाथि प्रश्न उठाएको छ। उनीहरूको भनाइ छ, जबसम्म चुनाउ कार्यक्रमको घोषणा हुँदैन तबसम्म यस किसिमको तैनाथीलाई लिएर स्पष्टता हुनुपर्छ।
चुनाउ आयोगले चुनाउको आधिकारिक अधिसूचना जारी गरेको छैन। तथापि राज्यका विभिन्न जिल्लाहरूमा केन्द्रिय बलहरूको गश्ती तथा उपस्थितिले राजनीतिक चर्चा चुलिएको छ।
प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ। चुनाउको मिति घोषणा हुनपूर्व उठाइएको यस कदमले राजनीतिक माहोलमाथि किन प्रभाव पर्नेछ, यसलाई लिएर चर्चा चुलिएको छ।









