दुबई: भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धूले दुबई एयरपोर्ट नजिक भएको विस्फोटलाई लिएर आफ्नो भयावह अनुभव शेयर गरेकी छन्। क्षेत्रमा ईरानको हमलाहरूले गर्दा हालत पहिलादेखि नै तनाउपूर्ण थियो। यसबीच एयरपोर्ट नजिक विस्फोट हुँदा एयरपोर्टमा भागदौड़ मचियो। सिन्धू आफ्नो टीमसँग त्यस समय एयरपोर्टमा फसेकी थिइन्। त्यहाँ अचानक विस्फोट हुँदा सबैलाई स्तब्ध बनायो। २ पल्टकी ओलम्पिक पदक विजेता सिन्धूले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा लेखेकी छन्, यो संकट लगातार बढ़िरहेको छ अनि हरेक घण्टा स्थिति अझ भयावह भइरहेको छ। केही घण्टा अघि हामी रहेको एयरपोर्टमा विस्फोट भयो अनि मेरो प्रशिक्षकले तुरन्तै दगुरेर ज्यान बचाउनु पऱ्यो कारण उनी धुँवा र ध्वंशावशेषको सबैभन्दा नजिक थिए। त्यो हामी सबैको निम्ति तनाउपूर्ण अनि भयावह क्षण थियो। सिन्धूले बताएअनुसार, अहिले सबैलाई सुरक्षित स्थानमा शिफ्ट गरिएको छ। उनले दुबई एयरपोर्ट प्रशासन र स्थानीय अधिकारीहरूका त्वरित सहयोगको निम्ति आभार व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, अहिले हामी सबै सुरक्षित छौं अनि हामीलाई अधिक सुरक्षित स्थानमा पुऱ्याइएको छ। दुबई एयरपोर्ट स्टाफ र दुबई प्रशासनको अथक प्रयासहरूका निम्ति हामी आभारी छौं।
ईंग्ल्याण्डका क्रिकेटर जनी बेयरस्टो पनि अबु धाबीमा फसेका छन्। अमेरिका र इज्रायलद्वारा ईरानविरुद्ध सैन्य कार्वाहीपछि खाड़ी क्षेत्रको हवाई क्षेत्रमा अस्थिरता उत्पन्न भएको छ। यसैकारण धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उड़ान रद्द गर्नको साथै केही उड़ानको रूट बद्लिएको छ। ईंग्ल्याण्ड लायन्स टीमसँग प्रशिक्षकको रूपमा अबु धाबी जाने बेयरस्टोले सहायताको गुहार लगाएका छन्। शनिवार साँझ ईंग्ल्याण्डका प्रधानमन्त्री कीर स्टाररले ईरानमाथि आफ्नो बयान पोस्ट गरेका थिए, जसले बेयरस्टोले आइतवार बिहान जवाफ दिएका छन्। बेयरस्टोले ट्वीट गरेका छन्, के तपाईं हामीलाई घर पुऱ्याउन सक्नुहुन्छ? पछिबाट ३६ वर्षीय बेयरस्टोले आफ्नो फ्लाइट रद्द भएपछि कुनै आधिकारिक कुराकानी बिना आफ्नो निराशा व्यक्त गरेका छन्।









