कोलकाता: निर्वाचन मितिको घोषणा र २८ मार्चमा अन्तिम मतदाता सूची प्रकाशनअघि पश्चिम बंगालमा सुरक्षा तयारी तीव्र पारिएको छ। प्रशासनका अनुसार १० मार्चसम्म राज्यभरि केन्द्रीय सुरक्षाबलका ४८० कम्पनी तैनाथ गरिनेछ।
पहिलो चरणमा १ मार्चसम्म २४० कम्पनी पुग्ने बताइएको थियो। तर अब २७ फेब्रुअरीदेखि नै विभिन्न चरणमा सुरक्षाकर्मीहरू राज्यमा आउन सुरु हुने जनाइएको छ। सबैभन्दा बढी १४ कम्पनी पूर्व मेदिनीपुर जिल्लामा तैनाथ गरिँदैछ, जसलाई संवेदनशील क्षेत्र मानिएको छ। यसबाहेक मालदह, मुर्शिदाबाद, जंगीपुर, बैरकपुर, बीरभूम, डायमण्ड हार्बर र हावडा ग्रामीणलगायत जिल्लामा पनि केन्द्रीय बल परिचालन गरिँदैछ।
तैनाथी र रुट मार्च रणनीतिबारे अन्तिम निर्णय गर्न पश्चिम बंगाल काे मुख्य निर्वाचन अधिकारी को कार्यालयमा महत्त्वपूर्ण बैठक बसेको थियो। बैठकमा केंद्रीय रिजर्व पुलिस बल (सीआरपीएफ) का महानिरीक्षक सञ्जय यादव र राज्य नोडल अधिकृत आनन्द कुमार सहभागी थिए। बैठकमा जिल्लाअनुसार फोर्स परिचालन योजना र रुट मार्च तालिकाबारे विस्तृत छलफल गरिएको जनाइएको छ।
कोलकाता र आसपासका क्षेत्रमा तैनाथी
कोलकाता – १२ कम्पनी
बिधाननगर – ४ कम्पनी
हावडा ग्रामीण – ८ कम्पनी
हावडा कमिश्नरेट – ७ कम्पनी
दक्षिण बंगाल
बैरकपुर – ९ कम्पनी
बारासात पुलिस जिल्ला – ६ कम्पनी
बनगाउँ पुलिस जिल्ला – ४ कम्पनी
बशीरहाट पुलिस जिल्ला – ७ कम्पनी
बरुईपुर पुलिस जिल्ला – ५ कम्पनी
डायमण्ड हार्बर पुलिस जिल्ला – ६ कम्पनी
कृष्णानगर पुलिस जिल्ला – ६ कम्पनी
रानाघाट पुलिस जिल्ला – ६ कम्पनी
पूर्व बर्दवान – ८ कम्पनी
आसनसोल–दुर्गापुर कमिश्नरेट – ७ कम्पनी
बाँकुड़ा – ७ कम्पनी
पुरुलिया – ५ कम्पनी
बीरभूम – ७ कम्पनी
पूर्व मेदिनीपुर – १४ कम्पनी
पश्चिम मेदिनीपुर – ७ कम्पनी
मुर्शिदाबाद पुलिस जिल्ला – ८ कम्पनी
जंगीपुर पुलिस जिल्ला – ८ कम्पनी
उत्तर बंगाल
मालदह – १२ कम्पनी
कूचबिहार – ९ कम्पनी
दार्जिलिङ – ६ कम्पनी
कालिम्पोंग – ३ कम्पनी
सिलीगुडी – ३ कम्पनी
अलीपुरद्वार – ९ कम्पनी
जलपाईगुडी – ७ कम्पनी
इस्लामपुर पुलिस जिल्ला – ५ कम्पनी
रायगञ्ज पुलिस जिल्ला – ६ कम्पनी
दक्षिण दिनाजपुर – १० कम्पनी
१० मार्चसम्म थप २४० कम्पनी
प्रशासनका अनुसार १ मार्चमा २४० कम्पनीको पहिलो खेप राज्यमा आइपुग्नेछ। त्यसपछि १० मार्चसम्म थप २४० कम्पनी तैनाथ गरिनेछ। निर्वाचन घोषणा हुनुअघि संवेदनशील क्षेत्रमा फ्ल्याग मार्च र क्षेत्र नियन्त्रण अभियान तीव्र बनाइने बताइएको छ।
प्रशासनले सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन व्यापक सुरक्षा प्रबन्ध मिलाइएको दाबी गरेको छ








