सिलगढी: मुख्यमन्त्री श्रीमती ममता बेनर्जीको प्रेरणामा तथा सिलगढी नगर निगमको पहलमा ‘अमृत २.०’ परियोजनाअन्तर्गत पेयजल आपूर्ति व्यवस्थाको दोस्रो चरणमा २४ नम्बर वार्डस्थित भारत नगर बिल्डिङ सेन्टरको छेउमा नयाँ ओभरहेड जलाशय निर्माण कार्यको विधिवत् शुभारम्भ गरिएको छ।
प्राप्त जानकारी अनुसार सिलगढी नगर निगमका चेयरमैन गौतम देवले यस परियोजनाको उद्देश्य नगर क्षेत्रका बासिन्दालाई स्वच्छ, सुरक्षित र नियमित पेयजल सुविधा उपलब्ध गराउनु हो भने साथै दोस्रो चरणअन्तर्गत निर्माण हुन लागेको उक्त जलाशयले २४ नम्बर वार्डका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ भने।
सम्बन्धित अधिकारीहरूले जानकारी दिएअनुसार, नयाँ ओभरहेड जलाशय निर्माण सम्पन्न भएपछि जल आपूर्तिको दबाब सन्तुलित हुने, वितरण प्रणाली थप सुदृढ बन्ने तथा गर्मी याममा देखिने पानी अभावको समस्या न्यूनीकरण हुने विश्वास गरिएको छ।

चेयरमैन देव अनुसार नगर निगमले ‘अमृत २.०’ परियोजनामार्फत शहरी पूर्वाधार सुदृढीकरण, आधारभूत सेवाको विस्तार तथा जनजीवनलाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ साथै स्थानीय बासिन्दाहरूले यस पहललाई स्वागत गर्दै समयमै निर्माण कार्य सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरे।









