‘मैले पाकिस्तानी प्रधानमन्त्रीको ज्यान जोगाएँ’, भारत–पाक तनावबारे ट्रम्पको सनसनीपूर्ण दाबी

Donald-Trump-on-Pakistan-PM-Shehbaz-Sharif-2026-02-2ef80abd8d1f4edf7bc3cd759b1be884

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले भारत–पाकिस्तानबीच सम्भावित युद्ध आफूले रोकेको दाबी पुनः दोहोर्‍याएका छन्। उनले हस्तक्षेप नगरेको भए पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ को ज्यान जान सक्ने र परमाणु युद्धको अवस्थामा साढे तीन करोड मानिसको मृत्यु हुन सक्ने बताएका छन्।
‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा ट्रम्पले आफ्नो पहिलो १० महिनामा आठ वटा युद्ध अन्त्य गराएको दाबी गरे। तीमध्ये भारत–पाकिस्तानबीचको तनाव पनि रहेको उनले बताए। ट्रम्पका अनुसार, युद्धविरामका लागि अमेरिका अघि नसरेको भए ठूलो जनधनको क्षति हुने भन्दै शरीफले आफूलाई जानकारी गराएका थिए।
यद्यपि भारतले सन् २०२५ मे महिनामा भएको तनावका क्रममा कुनै पनि तेस्रो पक्षको मध्यस्थता स्वीकार नगरेको स्पष्ट गर्दै आएको छ।
सम्बोधनका क्रममा ट्रम्पले कंबोडिया–थाइल्याण्ड, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया, आर्मेनिया–अजरबैजान, कंगो–रुवान्डा तथा गाजाको युद्धबारे पनि उल्लेख गर्दै ती विवाद समाधानमा आफूले भूमिका खेलेको दाबी गरे।
उनले दुवै परमाणु शक्ति सम्पन्न देशलाई २०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको समेत बताए। केही अन्तर्राष्ट्रिय मामिला विज्ञहरूले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाइनुको पृष्ठभूमि यही हुन सक्ने अनुमान गरेका छन्।
ट्रम्पले अमेरिकाले स्वदेश तथा विदेशमा सुरक्षा सुदृढ बनाइरहेको र देश पहिलेभन्दा बलियो बनेको दाबी पनि गरेका छन्।

About Author

Advertisement