जिम्बाब्वेविरुद्ध जित्नै पर्ने म्याचमा भारतको निम्ति शीर्ष क्रमले असल प्रदर्शन गर्नु जरूरी

IMG-20260225-WA0076

चेन्नई: शीर्ष क्रमको असफलता अनि गत म्याचको हारपछि चरम दबाउसँग जुझिरहेको गत च्याम्पियन भारतले जाइण्ट किलर जिम्बाब्वेविरुद्ध बिहीवार खेलिने टी२० वर्ल्ड कपको सुपर ८-को डू अर डाई म्याचमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेछ। दक्षिण अफ्रिकाविरुद्ध आइतवार ७६ रनको हारपछि भारतको नेट रन रेट (-३.८०) खराब भएको छ। यसैकारण सेमिफाइनलको सम्भावनाहरूलाई जीवित राख्न भारतले यो म्याच जसरी भए पनि ठूलो अन्तरले जित्नु पर्नेछ। यसको निम्ति भारतले ब्याटिंगको समय ईनिंग्सको शुरुवात अनि तेस्रो नम्बरको समस्याबाट मुक्ति पाउनु पर्नेछ। वर्ल्ड शुरु हुन अघिसम्म असाधारण फर्ममा रहने अभिषेक शर्मा र ईशान किशनको ओपनिंग जोड़ीले निरन्तर असल प्रदर्शन गर्न सकेको छैन। विशेषगरी अभिषेक शर्माको फर्म चिन्ताको विषय बनेको छ। अभिषेकलाई अफ् स्पिन बलरहरू मात्र नभएर पेस बलरहरू समक्ष पनि संघर्ष गरिरहेको देखिएको छ। यसलै भारतलाई नोक्सान भइरहेको छ। उनले टुर्नामेण्टमा चारवटा म्याच खेलेर ३ पल्ट त खाता पनि खोलेनन् अनि गत म्याचमा पनि केवल १५ रन बनाए। यसबाहेक टुर्नामेण्टको शुरुवाती २ वटा म्याचमा लगातार अर्द्धशतक बनाउने ईशान किशनले पनि गत दुईवटा म्याचमा आशानुरुप प्रदर्शन गर्न सकेनन्।
अभिषेक र ईशानमा कोही एकजना शुरुमै आउट हुँदा तेस्रो नम्बरमा खेल्ने तिलक वर्माले ओपनरको भूमिका निर्वाह गर्नु परिरहेको छ। तिलकले पनि प्रत्येक म्याचमा रन बनाउन संघर्ष गर्नु परिरहेको छ। यसबाहेक उनको स्ट्राईक रेट पनि चिन्ताको विषय बनेको छ। अब जिम्बाब्वेविरुद्ध महत्त्वपूर्ण म्याचमा भारतलाई शीर्ष क्रमका यी तीनजना ब्याटरबाट असल प्रदर्शनको आशा रहनेछ। भारतीय कप्तान सूर्यकुमार यादवले अमेरिकाविरुद्ध म्याच जिताउने अर्द्धशतक बनाए पनि रहल म्याचहरूमा छाप छोड़्न सकेनन्। उनले अहिलेसम्म १८० रन बनाए पनि १२७-को स्ट्राईक रेटलाई सन्तोषजनक मान्न सकिँदैन, जुन उनको टी२० करियरको १६१-को स्ट्राईक रेटभन्दा धेरै कम्ती हो। शिवम दुबे र हार्दिक पाण्ड्याले तल्लो क्रममा आक्रामक ईनिंग्सहरू नखेलेको भए केही म्याचहरूमा त भारतले सम्मानजनक स्कोर पनि बनाउन सक्ने थिएन। देब्रे हातका ३ जना ब्याटर ईशान, अभिषेक र तिलक अघि विरोधी टीमहरूले अफ् स्पिनरहरू प्रयोग गरिरहेको छ अनि सफलता पनि हासिल गरिरहेको छ। यस्तो स्थितिमा टीम म्यानेजमेण्टले सूर्यकुमारलाई तेस्रो अनि तिलकलाई चौथो नम्बरमा खेलाउन सक्छ। यसबाहेक अस्वस्थ पितालाई भेट्न रिंकू सिंह घर फर्किएको हुनाले जिम्बाब्वेविरुद्ध म्याचमा सञ्जु सेमसनले मौका पाउन सक्छन्। जिम्बाब्वेसँग त्यति घातक स्पिन आक्रमण रहेको छैन तर टीमको पेस आक्रमण स्तरीय रहेको छ। ब्लेसिंग मुजरबानी, रिचर्ड एनगारावा र ब्राड इभान्सले भारतीय ब्याटरहरूलाई चुनौती दिन सक्छन्।
भारतीय बलरहरूले टुर्नामेण्टको शुरुवातदेखि नै असल प्रदर्शन गरेको हुनाले बलिंग आक्रमणलाई लिएर चिन्ता त्यति रहेको छैन। गत म्याचमा वरुण चक्रवर्ती सामान्य महँगो साबित भए पनि उनमा पुनरागमन गर्ने क्षमता रहेको छ। जसप्रीत बुमराह, अर्शदीप सिंह र हार्दिक पाण्ड्याले पेस आक्रमण सम्हाल्नेछन्। यी ३ जनालाई साथ दिन शिवम दुबे पनि रहेका छन् अनि स्पिन आक्रमणमा वरुणको साथमा अक्षर पटेललाई देखिने सम्भावना छ। अक्षर भारतीय टीमका उपकप्तान पनि हुन्। गत २ वटा म्याचमा उनको स्थानमा वाशिंगटन सुन्दरलाई खेलाउने फसेलाबाट शिक्षा लिएर भारतीय टीम म्यानेजमेण्टले जिम्बाब्वेविरुद्ध अक्षरलाई मौका दिने लगभग तय छ।

About Author

Advertisement