खरसाङ: तीनधारे महानदी समष्टिको सिपाहीधुरा निवासी गायक सुरज तामाङ उत्तर बंगाल स्तरीय पुलिस आईडलको बिजेता बनेका छन्। पुलिस आईडलमा उत्तर बंगालको विभिन्न स्थानहरुमा कार्यरत् धेरै पुलिसहरुले भाग लिएका थिए। जसमा ६० जना चयन भएका थिए। ६० जनाबाट जित्दै जित्दै सिपाहीधुरा निवासी गायक सुरज तामाङ अन्तिम फाइनलमा पुगेका थिए। यस उत्तर बंगाल स्तरीय पुलिस आईडलको फाइनलमा पनि जित्दै पुलिस आईडल बन्न सफल भएका छन्। यस पुलिस आईडलको फाइनल सिलगढीको डाबग्राम क्षेत्रमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यस पुलिस आईडलको आयोजना आईपीएस वाङ्देन भोटियाको अगुवाईमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सुरज तामाङ तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन दुईको उप विजेता पनि हुन्। उनले भोइस अफ् नेपालमा पनि आफ्नो गायन प्रस्तुति दिएका थिए। पुलिस विभागमा कार्यरत् सुरज तामाङ पुलिस आईडल बिजेता बनेर फेरि आफ्नो गाउँ समाज र महानदी तीनधारे समष्टिलाई नै गौरवान्वित बनाएका छन्।










