गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत नयाँ दिल्लीमा प्रतिष्ठित ग्लोबल एआई समिट आयोजना भइरहेका बेला, कांग्रेस पार्टीका गतिविधिहरू एकदमै नकरात्मक थियो भनि आरोप लगाए।
उनले भारतले नवप्रवर्तन र प्राविधिक प्रगतिमा गरेको तीव्र उपलब्धि अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिरहेको गम्भीर र संवेदनशील समयमा कांग्रेस पार्टीका गतिविधिहरूले मन खिन्न पारेको बताउँदै यसको कडा शब्दमा निन्दा गरे।
उनले भने, ‘राष्ट्रले आफूलाई विश्वस्तरीय प्रविधि नेताको रूपमा सुदृढ बनाउने प्रयास गरिरहेको यस घडीमा यस्ता अवरोधहरूले अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भएको समयमा हाम्रो विश्वसनीयतामाथि आँच पुर्याउने जोखिम हुन्छ। राजनीतिक प्रतिपक्ष लोकतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भ हो, तर भारतको विश्वव्यापी छविमा छाया पार्ने खालका प्रयासहरू न त जिम्मेवार हुन्, न त स्वीकार्य।
अन्तमा मुख्यमन्त्रीले जब भारतको प्रगति विश्वमञ्चमा प्रदर्शन भइरहेको छ, त्यस्तो अवस्थामा राष्ट्रिय हित सधैं दलगत राजनीतिभन्दा माथि राखिनुपर्छ भनि सुझाव दिए।










