देहरादून: दार्जिलिङ लोकसभा सांसद राजु विष्टलाई आज देहरादूनमा उत्तराखण्ड भारतिय जनता युवा मोर्चा (भाजयुमो) अध्यक्ष विपुल मण्डोली र टोलीले आत्मीय स्वागत गरे, जसको निम्ति सांसदले विपुल मण्डोली र टोलीलाई मुरी मुरी धन्यवाद जनाए।
सामाजिक संजाल मार्फत सांसदले भारतीय जनता युवा मोर्चाका सबै मेहनती कार्यकर्ताहरूलाई धन्यवाद दिए साथै उनले विपुल मण्डोली एवं टोलीको अनुशासन र राष्ट्रको सेवा गर्न देखाएको समर्पणको गहिरो कदर गरे। उनीहरूको अनवरत प्रयासहरू नै भारतीय जनता युवा मोर्चाको शक्तिको आधारशिला हुन् भने।










