अफगानिस्तान टीमबाट भावुक बिदा लिए प्रशिक्षक जोनाथन ट्रटले

IMG-20260221-WA0051

नयाँ दिल्ली: आईसीसी टी२० वर्ल्ड कपमा सुपर ८-को रेसबाट बाहिर भएपछि अफगानिस्तानले अन्तिम म्याचमा क्यानाडालाई ८२ रनले पराजित गरी आफ्नो अभियान सकारात्मक मिजासमा समाप्त गऱ्यो। यस म्याचको साथै अफगानिस्तान टीमका मुख्य प्रशिक्षक जोनाथन ट्रटको ४ साल लामो कार्यकाल पनि समाप्त भयो। ईंग्ल्याण्डका पूर्व ब्याटर ट्रटले भावुक मिजासमा टीमबाट बिदा लिए। उनको आवाजमा सन्तोष र भावना दुवै थियो। ट्रटले भने, यो सही समय हो या हैन भन्ने मलाई थाहा छैन तर म टीमलाई भविष्यको निम्ति शुभकामना दिन चाहन्छु। यस अवसरको निम्ति म आभारी छु। यस मौकामा उनले यस पदको निम्ति पहिला उनका साथी खेलाड़ी ग्राहम थोर्पलाई प्रस्ताव दिइएको पनि खुलासा गरे। उनले भने, पहिला ग्राहम थोर्प प्रशिक्षक बन्नु थियो तर दुर्भाग्यले उनले यस भूमिकालाई स्वीकार गर्न सकेनन्। त्यसपछि मलाई प्रस्ताव आयो अनि मैले यसलाई पूरा जोशको साथ स्वीकार गरे। म यहाँ वास्तवमा सौभाग्यले आएको थिएँ।
दक्षिण अफ्रिकामा जन्मिएका ४४ वर्षीय ट्रटको कार्यकालमा अफगानिस्तानले सेतो बलको क्रिकेटमा उल्लेखनीय प्रगति गऱ्यो। टीम २०२३-को वनडे वर्ल्ड कपमा सेमिफाइनलमा स्थान बनाउने नजिक पुगेको थियो अनि २०२४-को टी२० वर्ल्ड कपमा सेमिफाइनलसम्म पुगेको थियो। ट्रटले बताएअनुसार, उनलाई सबैभन्दा खुशी खेलाड़ीहरूका व्यक्तिगत विकासलाई देखेर लाग्यो। उनले भने, मैले खेलाड़ीहरूलाई मैदान बाहिर पनि विकसित भएको देखे अनि यो मेरो निम्ति सबैभन्दा ठूलो खुशीको कुरा हो। उनीहरूका जीवनमा बद्लाउ आयो। केवल खेलमा मात्र नभएर उनीहरूका परिवारको भाग्य र दिशा पनि बद्लियो। ट्रटले टुर्नामेण्टको अवधि केही मौकाहरूमा दुर्भाग्यको पनि उल्लेख गरे। उनले भने, धेरैपल्ट हामी दुर्भाग्यशाली रह्यौं। दक्षिण अफ्रिकाविरुद्ध हामी जित्न सक्थ्यौं। ट्रटको भनाइअनुसार, उनले आफ्नो जिम्मेवारी पूर्ण ईमानदारी र समर्पणको साथ निर्वाह गरे। उनले भने, मैले पूरा कोशिश गरे। मलाई खेलसँग कतिको माया छ भन्ने खेलाड़ीहरूले देख्न सके भन्ने मलाई आशा छ। उल्लेखनीय छ, ट्रटले ४ सालको आफ्नो कार्यकालमा अफगानिस्तानलाई एउटा मजबूत र प्रतिस्पर्धी टीमको रूपमा विकसित गरे।

About Author

Advertisement