नर्थ-ईस्ट करिडोर क्षेत्रको विकासका लागि विशेष योजना प्रस्तुत

FB_IMG_1771593755976

दार्जिलिङ: राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले र्थमन्त्री निर्मला सीतारमणलाई पत्र लेखेर उत्तरबंगाल र नर्थ–ईस्ट करिडोर क्षेत्रको विकासका लागि विशेष योजना प्रस्तुत गरिएको बताए। साथै उनले भने यो क्षेत्र उत्तर–पूर्व भारत र बाँकी भारतबीचको महत्वपूर्ण जोड्ने कडी मानिन्छ।
यसैगरी सांसदले प्रस्ताव अनुसार केन्द्र सरकारका विभिन्न मन्त्रालयहरूको कुल बजेटको ०.३% अनिवार्य रूपमा छुट्याइएमा हरेक वर्ष करिब ₹३६०० करोड प्राप्त हुन सक्ने जनाउँदै यस रकमले दीगो र समान विकास सुनिश्चित गर्दै सडक तथा रेल पूर्वाधार बलियो बनाउने, स्वास्थ्य र शिक्षामा सुधार गर्ने, जैविक कृषि र पर्यटन प्रवर्द्धन गर्ने, सीमापार व्यापारलाई सहज बनाउने र सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कामहरू गर्न सहयोग पुर्‍याउने योजना रहेको छ भने।
सांसद श्रृंगलाले विशेषज्ञहरूका अनुसार, यस पहलले ऐतिहासिक रूपमा पछि परेको नर्थ–ईस्ट करिडोर क्षेत्रको ठूलो सम्भावनालाई उजागर गर्दै यसलाई राष्ट्रिय विकास, स्थिरता र प्रगतिको मुख्य प्रवेशद्वार बनाउन मद्दत गर्ने अपेक्षा गरिएको जानकारी गराए।

About Author

Advertisement