सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले मुख्यमन्त्री ममता बनर्जीको प्रेरणामा तथा सिलगढी नगर निगमको पहलमा “अमृत २.०” परियोजनाअन्तर्गत पिउने पानी आपूर्ति व्यवस्थाको दोस्रो चरणमा ३२ नं. वार्डस्थित तीनबत्ती बस टर्मिनलमा नव-निर्मित ओभरहेड जलाशयको निर्माण कार्यको शुभारम्भ गरिएको जनाएका छन्।

प्राप्त जानकारी अनुसार परियोजनाको शुभारम्भ गरेपछि चेयरमैन देवले यस कार्यलाई द्रुतगतिमा अघि बढाएर लाने मनसाय प्रकट गरे भने अब स्थानिय जनमानसमा पिउने पानीको आपुर्तिमा अवरोध सृष्टि नहुने बताए। साथै मुख्यमन्त्रीको उद्योग कै कारण यो कार्यको शुभारम्भ भएको जनाए।









