पीआईबीका सहायक निर्देशकद्वारा मुख्यमन्त्री सित औपचारिक भेट

FB_IMG_1771576879069

गान्ताेक: पीआईबीका सहायक निर्देशक मनस पी.शर्माको नेतृत्वमा छत्तिसगढ प्रेस महासंघका १२ सदस्यीय प्रतिनिधिमण्डल औपचारिक भेटघाटका लागि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको सरकारी निवासमा आए।
अन्तर्क्रियाका क्रममा मुख्यमन्त्रीले सिक्किम सरकारका विकासशील पहल र प्रगतिशील नीतिहरूबारे मुख्य जानकारी साझा गरे। साथै उनले विशेष रूपमा दिगो विकास, जैविक खेतीका अभ्यासहरू, र वातावरण संरक्षणमा जोड दिँदै सिक्किमलाई राष्ट्रको हरियो राज्यको रूपमा पहिचान दिलाएको विषयमा व्यक्त गरे।
अन्तमा मुख्यमन्त्रीले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास, र पर्यटनजस्ता क्षेत्रहरूमा कल्याणकारी योजना कार्यान्वयन र पूर्वाधार विकासबारे पनि रचनात्मक विचार विनिमय गरेका कुरा संजालमा उल्लेख गरे।

About Author

Advertisement