चुनावलाई लिएर देश भरि निजी हतियार सङ्कलन गरिँदै

IMG-20260219-WA0078

काठमाडौं: गृह मन्त्रालयको परिपत्रपश्चात्‌ हाल देशभरि रहेका इजाजतप्राप्त निजी हातहतियार सङ्कलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयहरूले बताएका छन्।
आसन्न प्रतिनिधिसभा चुनावलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने दिशामा यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
देशभरि कति सङ्ख्यामा निजी हातहतियार छ भन्नेबारे चाहिँ अधिकारीहरूले बताएनन्। “अहिले देशभरि सङ्कलन भइरहेको छ। सबैतिर सकिएपछि सङ्ख्याबारे थाहा होला,” गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले मीडियासँग भनिन्।
पुलिसले इजाजतप्राप्त हतियारहरूको सङ्कलन तथा पुनः फिर्ता गर्नुअघि तिनको सुरक्षित भण्डारणमा आफ्नो भूमिका रहने गरेको जनाएको छ।

About Author

Advertisement