कुनै मुद्दा नहुँदा अप प्रचार मात्रै चलाउनु टीएमसीलाई बानि लागेको विधायिका अग्निमित्रा पालले जनाइन्

FB_IMG_1771504494860

आसनसोल: आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले मुख्यमन्त्री ममता बन्द्योपाध्याय र उनको दलको कुनै वास्तविक मुद्दा नभएपछि अपप्रचार चलाउनु नै बानी जस्तै भइसकेको कुरा सामाजिक संजाल मार्फत जनाइन्।
उनले श्री श्री रामकृष्ण ठाकुरलाई “स्वामी” भनिएको विषयमा यति आपत्ति छ भने हरिचाँद-गुरुचाँद ठाकुरको नाम गलत उच्चारण गर्नु के केवल जिब्रो चिप्लिनु मात्र हो? बारम्बार सरस्वती मन्त्र र चण्डीपाठ गलत पढ्नु, यी सबै संयोग मात्र हुन्? कि हिन्दूहरूको भावनामा चोट पुर्‍याउने मानसिकता? जनताले यसको उत्तर चाहन्छन् भन्दै प्रश्नहरू तेर्साइन्।
विधायिका पालले पश्चिम बङ्गाललाई अझै कति तल झारिने हो? भनेर ममता बेनर्जीलाई प्रश्न तेर्साउँदै बिहानदेखि रातिसम्म केवल राजनीति, केवल राज्यको छविमा आँच पुर्‍याउने काम मात्रै भएको दावी गरिन् साथै ममता बेनर्जी र उनका भतिजा अभिषेक बेनर्जी मिलेर केवल विभाजनको राजनीति गरिरहेको जनाइन्।
अन्तमा विधायिका अग्निमित्रा पालले संजाल मार्फत एकातिर दिल्लीमा विश्वस्तरीय कृत्रिम बुद्धिमत्ता सम्मेलन भइरहेको र आन्ध्र प्रदेशमा मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले अन्तर्राष्ट्रिय लगानी भित्र्याइरहेको कुरा प्रकाश पारिन भने अर्कोतर्फ बङ्गालमा अव्यवस्थामाथि खेद व्यक्त गरिन अनि भनिन्, ‘के यही नै हाम्रो भाग्य हो? पन्ध्र वर्ष सत्तामा बसेपछि विकासका विषयमा खुला मञ्चमा बहस गर्ने साहस छ कि छैन? चुनौती स्वीकार गर्नुहोस्, त्यसपछि मात्र वास्तविक चित्र स्पष्ट हुनेछ।

About Author

Advertisement