गोरुबथान: गोरुबथानको एकमात्र प्राचीन धाम गुप्तेश्वर धाम हो। यहाँ प्रतिवर्ष नै धुमधामसित महापुराणको आयोजना गरिने गरिन्छ। यस वर्ष पनि ब्रह्मपुराणको आयोजना गरिएको थियो। पुराणका व्यासजी पण्डित घनश्यामद्वारा एउटा भिडियो जारी गरेर उनले गुप्तेश्वर सेवाधाम समितिप्रति विभिन्न लाञ्छना र गुनासो तथा केही आरोपहरू लगाएका छन भनि गुप्तेश्वर धाम सेवा समितिका सभापति सन्जिब सुनारले बताए।
उनले पण्डित घनश्यामद्वारा सामाजिक संजाल मार्फत जारी गरिएको भिडियोमा रहेको उक्त लाञ्छनायुक्त शब्दहरू विरुद्ध घोर विरोध जनाए। आमा बुबाबाट कसैलाई अपमान गर्ने संस्कार प्राप्त नभएकोले विना प्रमाण पण्डित घनश्यामद्वारा लगाइएको आरोप निराधार छ भने।
सभापति सन्जिब सुनारले पण्डित घनश्यामद्वारा लगाइएको आरोपमा भान्से नारद पराजुलीद्वारा निराधार कुरा रहेको जानकारी पाएपछि यसै विषयको खण्डन गर्दै तथा स्पष्टीकरण पनि दिँदै धामका सभापति सन्जिब सुनारले पनि सामाजिक संजाल मार्फत भिडियो जारी गरेर पण्डित घनश्यामलाई चेतावनी दिए। साथै उनले पण्डित घनश्यामले सामाजिक संजाल मार्फत अनौपचारिक वयान दिएर कुनै तथ्य वेगर नानाभाति लाञ्छना लगाउनु पण्डितको गरिमालाई महत्व नदिएको र पण्डितले बोलेको शब्दहरुको विरुद्धमा गुप्तेश्वर धाम समितिलाई यथाशिघ्र उत्तर दिनु पर्ने दावी गरे।










