गायक फौदा सिंहको उपचारको लागि तीनधारेमा सहयोग साँझ आयोजना गरिने

IMG-20260218-WA0091

खरसाङ: नेपाली संगीतको वरिष्ठ गायक तथा बहुप्रतिभाशाली गायक‌ एंव कलाकार फौदा सिंहको उपचारको लागि गौरव मञ्च तीनधारेको आयोजनामा ‘सहयोग साँझ आयोजना गरिने भएको छ। तीनधारेको महात्मा गान्धी हलमा आगामी २१ फरवरी शनिवारको दिन वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि संगीतमय साँझ ‘सहयोग साँझ’ आयोजना गरिने भएको छ‌। उक्त सहयोग साँझमा गौरव मञ्च तीनधारेको पहलमा नेपाल, कालेबुङ, सिलगढी, डुवर्स, दार्जिलिङ, खरसाङ, बिजनबारी, तीनधारे क्षेत्रका गायक कलाकारहरु उपस्थित भएर आफ्नो प्रस्तुति दिने भएका छन्। यस सहयोग साँझमार्फत् संकलन भएको रकमले वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि सहयोग गरिने भएको छ। यस सहयोग साँझमा कलाकारहरु क्रमैले थुप्देन भोटिया, कर्म ग्याल्छेन, पुष्पन प्रधान, स्नेहश्री थापा, डम्बर नेपाली, अरबिन्द रावत, साईराज खाती, स्माइल दास, आनन्द विश्वकर्म, सचिन विश्वकर्म, मोहित भुजेल, जुनु गौतम, राजेस घतानी साथै कवि पल्लवीवले पनि आफ्नोे प्रस्तुति दिने भएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गौरव मञ्च तीनधारेको सचिव सुप्रेम छेत्री र प्रवक्ता युवराज सुन्दासले कलाकारहरुले अरु कलाकारहरुलाई साथ र सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथमा गौरव मञ्च तीनधारेको पहललाई सबै कलाकारहरुले साथ र सहयोग दिन्दै वरिष्ठ र चर्चित कलाकारहरुले तीनधारेको महात्मा गान्धी हलमा आयोजित सहयोग साँझ कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन्‌। दुवैले बताए अनुसार संगीतले सिर्जना गरेको पहलमा साथै गौरव मञ्च तीनधारेको आयोजनामा भइरहेको कार्यक्रममा वरिष्ठ गायक तथा बहुप्रतिभाशाली गायक‌ फौदा सिंहको उपचारको लागि तीनधारेमा आएर नि:शुल्क प्रस्तुति दिने भएको बताएका छन्।

About Author

Advertisement