गान्ताेक: जेनेराली सेन्ट्रल बीमा, जो विश्वव्यापी बीमा कम्पनी जेनेराली र सेन्ट्रल बैंक अफ इन्डियाको संयुक्त उद्यम हो, ले सिक्किम फुटबल संघसँग वरिष्ठ महिला फुटबल लिग २०२६ को मुख्य प्रायोजकका रूपमा साझेदारी घोषणा गरेको छ। उक्त लिग राज्यभर आयोजना गरिनेछ। लिग २४ फेब्रुअरी २०२६ देखि सुरु हुने छ र यसमा सिक्किम, दार्जिलिङ तथा सिलिगुडीका शीर्ष क्लबहरूको सहभागिता रहनेछ।
छ वटा क्लबका महिला फुटबल खेलाडीहरूले प्रतियोगितामा भाग लिनेछन्। ती क्लबहरू हुन्: गंगटोक हिमालयन स्पोर्टिङ क्लब (सिक्किम), सिङ्लिङ स्पोर्टिङ क्लब (सोरेङ, सिक्किम), नर्दर्नर्स फुटबल (मङ्गन, सिक्किम), दार्जिलिङ एघार, चिजाचेन स्पोर्ट्स एकेडेमी (सिक्किम) र मिलन मोर फुटबल एकेडेमी (सिलिगुडी)। यो लिगले आधारभूत तहदेखि शीर्ष लिगसम्म पुग्ने यात्रामा महत्वपूर्ण सेतुको भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
यो कदम कम्पनीको विविधता, समानता र समावेशीतासम्बन्धी मूल दर्शनसँग मेल खाने बताइएको छ र यस क्षेत्रका महिला खेललाई व्यावसायिक दिशातर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
यस प्रायोजनमार्फत आवश्यक आर्थिक सहयोग उपलब्ध गराई लिगलाई राष्ट्रिय स्तरसम्म उकास्ने तथा क्षेत्रमा महिला खेलाडीहरूका लागि दिगो संरचना निर्माण गर्ने लक्ष्य कम्पनीले राखेको छ। महिला खेलकुदप्रति राष्ट्रिय ध्यान बढ्दै गएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको बढ्दो सहभागिताको सन्दर्भमा राज्यस्तरीय लिगहरूले प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
सिक्किम फुटबल संघका अध्यक्ष श्री मेनला एथेनपाले साझेदारीबारे प्रतिक्रिया दिँदै भने, “सिक्किमका पहाडहरू फुटबलप्रेमले भरिएका छन्, तर राज्यका महिला खेलाडीहरूका लागि अवसर सीमित थिए। जेनेराली सेन्ट्रल बीमाले वरिष्ठ महिला लिगको मुख्य प्रायोजकका रूपमा साथ दिनु महिला फुटबलका लागि ऐतिहासिक क्षण हो। यो लिग केवल प्रतिस्पर्धा मात्र होइन, महिला खेलाडीहरूका लागि अवसर, आत्मविश्वास र पहिचानको मंच हो।”
जेनेराली सेन्ट्रल बीमाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री अनुप राउले भने, “सिक्किमको प्रमुख बीमा कम्पनीका रूपमा हाम्रो दायित्व केवल आर्थिक सुरक्षा प्रदान गर्नमा सीमित छैन। दीर्घकालीन साझेदार दृष्टिकोणअनुसार हामी राज्यका सामाजिक तथा विकास प्राथमिकतालाई अघि बढाउन प्रतिबद्ध छौं। सिक्किममा वरिष्ठ महिला फुटबल लिगलाई समर्थन गर्नु समावेशीता, प्रतिभा विकास र दीर्घकालीन वृद्धिमा लगानी गर्ने हाम्रो रणनीतिसँग मेल खान्छ। राज्यस्तरमा महिला फुटबललाई सुदृढ बनाएर हामी भारतीय खेलकुदको थप विविध र दिगो भविष्य निर्माणमा योगदान दिइरहेका छौं।”

यस पहलाबारे बोल्दै कम्पनीकी प्रमुख विपणन, ग्राहक तथा प्रभाव अधिकृत सुश्री रुचिका वर्माले भनिन्, “हाम्रो संस्थामा विविधता, समानता र समावेशीता केवल औपचारिकता होइन, यो हाम्रो विकासको आधार हो। हाम्रो कार्यबलमा अपाङ्गता भएका व्यक्तिहरू र महिलाको उल्लेखनीय सहभागिता छ, जसले पहुँचयोग्यता र समावेशी वृद्धिलाई सुदृढ बनाएको छ।
खेलकुदमा महिलालाई समर्थन गर्नु अवसरमा समान पहुँच हुनुपर्छ भन्ने हाम्रो विश्वाससँग मेल खान्छ। विभिन्न पहलमार्फत हामीले प्रतिनिधित्व विस्तार, नेतृत्वका अवसर सिर्जना र महिलाको महत्वाकांक्षालाई प्रोत्साहन गरेका छौं। सिक्किममा वरिष्ठ महिला फुटबल लिगसँगको साझेदारीले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्छ। यसले प्रतिभालाई पहिचान दिन्छ, आधारभूत तहमा प्रेरणा सिर्जना गर्छ र महिला सशक्त हुँदा समुदाय समृद्ध हुन्छन् भन्ने हाम्रो विश्वासलाई अझ बलियो बनाउँछ।”









