नक्सलबारी रेल्वे स्टेशनबाट महानन्दा एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गरे सांसद विष्टले

FB_IMG_1771347552891

नक्सलबारी: आज नक्सलबारी रेल्वे स्टेशनबाट महानन्दा एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गराउने अवसर पाउँदा लोकसभा सांसद राजु विष्टलाई अत्यन्त खुशी लागेको छ।
सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै सांसद विष्टले पहिलोपटक महानन्दा एक्सप्रेस यहाँ रोकिएको ऐतिहासिक घटना हो भने। उनले अब नक्सलबारी, पानीट्याङ्की तथा आसपासका क्षेत्रका बासिन्दाले यहीँबाट सिधै दिल्लीसम्म यात्रा गर्न सक्ने कुरा व्यक्त गरे। साथै मिरिक, सोरेनी, सिङ्गबुली, फुगुरी, दुधे, पानीघट्टा र आसपासका क्षेत्रबाट यात्रा गर्ने यात्रुहरूले पनि नक्सलबारीबाट रेल चढ्न सक्ने र यसले उनीहरूको समय तथा अतिरिक्त खर्च बचत हुनेछ भनि जानकारी गराए।
संजालमा सांसदले दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रमा सडक, रेलमार्ग तथा विमानस्थल विकासमार्फत राम्रो सम्पर्क सञ्जाल सुनिश्चित गर्ने सांसदको समर्पित प्रयासलाई केन्द्र सरकार तथा रेल मन्त्रालयबाट ठूलो समर्थन प्राप्त भएको छ भने।
अन्तमा सांसदले यस क्षेत्रको रूपान्तरण सम्भव बनाउन सहयोग गर्ने प्रधानमन्त्री नरेन्द्र मोदी, रेलमन्त्री अश्विनी वैष्णव तथा उत्तरपूर्व सीमान्त रेल्वेका सम्पूर्ण कर्मचारीप्रति हार्दिक धन्यवाद व्यक्त गरे। साथै क्रमशः सांसद उच्चस्तरीय सम्पर्क सञ्जालयुक्त क्षेत्रमा अगाडि बढिरहेको बताए।

About Author

Advertisement