इटलीलाई पराजित गरी सुपर ८ राउण्डमा पुग्न सफल भयो ईंग्ल्याण्ड

IMG-20260216-WA0106

काेलकत्ता: ईंग्ल्याण्डले सोमवार खेलिएको ग्रुप सी को म्याचमा इटलीलाई २४ रनले पराजित गरी टी२० वर्ल्ड कपको सुपर ८ राउण्डको निम्ति क्वालीफाई गऱ्यो। यस जीतपछि ईंग्ल्याण्ड ४ वटा म्याचमा ६ पोइण्ट्सको साथ ग्रुपको दोस्रो स्थानमा रह्यो। इटली २ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २०२ रनको असल स्कोर बनायो। त्यसपछि इटली २० ओभरमा १७८ रन बनाएर अलआउट भयो। म्याच जित्न २०३ रनको लक्ष्यलाई पीछा गर्दै इटलीले २२ रनमै ३ विकेट गुमायो। यसमा एन्थोनी मोस्का र जेजे स्मट्सले त खाता पनि खोलेनन् जबकि कप्तान ह्यारी मानेतीले १२ रन बनाए। निराशाजनक शुरुवातपछि बेन मानेतीले इटलीको निम्ति लड़ाईं जारी राखे। ह्यारीका दाजु बेनले तेजीको साथ रन बनाउँदै टीमलाई म्याचमा कायम राखे अनि उनले ग्राण्ट स्टीवार्टबाट असल साथ पाए। बेन र ग्राण्टले मिलेर चौथो विकेटको निम्ति ९२ रनको पार्टनरशीप गरे। ईंग्ल्याण्डको चिन्ता बढ़ाउने बेन ईनिंग्सको १२औं ओभरमा आउट हुनको साथै इटलीको पतन शुरु भयो। बेनले २५ बल खेलेर ६ वटा छक्का र ४ वटा चौकाको साथ ६० रन बनाए। यसरी ग्राण्टले ५ वटा छक्का र २ वटा चौकाको साथ २३ बलमा ४५ रन बनाए। ईंग्ल्याण्डका बलरहरूमा जेमी ओवरटन र जेमी स्मिथले ३-३ विकेट लिए। यसअघि ईडन गार्डन्समा पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले लगातार अन्तरालमा विकेट गुमायो। चरम संकटबीच सातौं नम्बरमा खेल्दै विल ज्याक्सको अर्द्धशतकले टीमलाई विशाल स्कोरसम्म पुऱ्यायो। ज्याक्सले २२ बलमा ४ वटा छक्का र ३ तीनवटा चौकाको साथ अविजित ५३ रन बनाए। ईंग्ल्याण्डको स्कोर एक समय ५ विकेटमा १०५ रन रहेको थियो। त्यहाँबाट ज्याक्सले सेम कुरेन अनि जेमी ओवरटनसँग मिलेर अन्तिम ५ ओभरमा ७८ रन बनाए। ईंग्ल्याण्डको तर्फबाट ज्याक्स बाहेक टम बेण्टनले ३०, ओपनर फिल सल्टले २८, सेम कुरेनले २५, जेकब बेथेलले २३ र ओवरटनले १५ रन बनाए। इटलीका बलरहरूमा ग्राण्ड स्टीवार्ट र क्रिशान कालुगामागेले २-२ विकेट लिए। ज्याक्सलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

Advertisement