जनअपेक्षा अनुसार देश सम्हाल्दै अगाडि बढ्नुपर्छ: कांग्रेस सभापति थापा

IMG-20260215-WA0120

सर्लाही: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षाअनुसार देश सम्हाल्दै अगाडि बढ्नुपर्ने कुरा गरेका छन्। सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले आगामी पाँच वर्षमा सरकारलाई जनभावनाअनुसार काम गर्नुपर्ने चुनौती रहेको बताए।
सभापति थापाले भने, “अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन। हामीले कर्तव्यबोधका साथ काम गर्नुपर्छ र सुशासन कायम गर्नुपर्छ। जनता कुशासनले थाकेका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन्। युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ।”
उनले देशमा जोश र होसका साथ काम गर्नुपर्ने दायित्व रहेको भन्दै, “अब आनाकानी गर्ने छुट छैन, जनतालाई परिणाम दिनुपर्ने समय आएको छ,” भने। सबै दललाई एकजुट गरेर स्थायित्व कायम गर्नुपर्ने कुरा सभापति थापाले जोड दिए।
कांग्रेसले नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै थापाले सर्लाही-४ का मतदातासँग भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य र कृषि जस्ता प्राथमिकतामा काम गर्ने कुरा पनि व्यक्त गरे।

About Author

Advertisement