भद्रपुर: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले तमार्च ५ मा हुने निर्वाचनका लागि भ्रष्टाचार नियन्त्रण, सुशासनसहित विभिन्न २६ बुँदे पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा झापा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डिल्ली घिमिरे ‘हिक्मत’ले सो प्रतिबद्धता पत्र वाचन गर्दै सार्वजनिक गर्नु भयो। उहाँले क्षेत्रमा शून्य भ्रष्टाचार, सुशासन स्थापना, सडक विस्तार तथा हात्ती नियन्त्रणका लागि पहल गर्ने लगायतका कार्यहरू आफू निर्वाचित भएमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले आम नागरिकका सरोकारका विषयहरू-शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा समेत सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो। पार्टीका केन्द्रीय सदस्य पुष्पराज पोखरेलले क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्दै १६ फरबरीदेखि घरदैलो कार्यक्रम सञ्चालन गरिने बताउनु भयो।
नेता मोहन टुडुले देशभर आफ्नो पार्टीले नवयुवा उम्मेदवार उठाएकाले पार्टीको बहुमत आउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।पत्रकार सम्मेलनको संचालन पार्टी केन्द्रीय सदस्य देवेन्द्र किशोर ढुङगानाले गर्नु भएको थियोl









