दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज केन्द्रीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरे।
यस भेटका क्रममा, सांसदले गृहमन्त्रीलाई दार्जिलिङ पहाड, तराई, डुआर्स तथा उत्तर बंगाल क्षेत्रमा विद्यमान राजनीतिक अवस्थाबारे अवगत गराए।
विष्ट सांसदले अघि भने, अमित शाह सबैभन्दा सक्रिय र प्रत्यक्ष रूपमा जोडिएका गृहमन्त्रीहरू मध्ये एक हुन् जसले यस क्षेत्रका विभिन्न सामाजिक–राजनीतिक विषयहरूमा निकट निगरानी राख्दै आएका छन्। आज यस क्षेत्रमा देखिएको व्यापक विकास प्रक्रियालाई तीव्रता दिन गृहमन्त्रीको महत्वपूर्ण भूमिका रहेको छ।
यसैगरी अन्तमा सांसदले गृहमन्त्रीको मार्गदर्शन, प्रेरणादायी एवं विवेकपूर्ण सुझावहरू तथा यस क्षेत्र र जनताप्रति देखाएको अटल समर्थन र ऐक्यबद्धताका लागि सधैं ऋणी रहनेछु भने।









