इस्लामाबाद: इस्लामाबादमा आत्मघाती बम आक्रमणमा मृतकको संख्या बढेर ६९ पुगेको छ भने घाइतेको संख्या १६९ रहेको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यस आक्रमणको कडा निन्दा गरेका छन्। शहरभर आपतकाल घोषणा गरिएको छ, जसको आदेश इस्लामाबाद प्रहरी प्रमुख (आईजी) ले दिएका छन्।
प्रधानमन्त्री शाहबाजले एक विज्ञप्तिमा भने, “इस्लामाबादमा मस्जिद अगाडि भएको यस आक्रमणप्रति म गहिरो शोकमा छु। मृतकका परिवारप्रति मेरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूले छिट्टै स्वास्थ्य लाभ गरोस्।”
यो घटनाले सम्पूर्ण शहरमा सुरक्षा सर्तकता बढाएको छ र अनुसन्धान सुरु गरिएको छ।











