सिलगढी: सिलगढीका भाजपा विधायक डा. शंकर घोषले बंगालको बजेटले फेरि एकपटक तृणमूलको वास्तविक “मोडेल” स्पष्ट पारेको छ: विकास होइन, तुष्टीकरण नै प्राथमिकता दिएको छ भनि बताए।
सामाजिक संजाल मार्फत डा.घोषले उद्योग, वाणिज्य र उद्यमलाई १,४८३.९७ करोड रुपैयाँ, अल्पसंख्यक मामिला तथा मदरसा शिक्षालाई ५,७१३.६१ करोड रुपैयाँ, रोजगारी र आर्थिक पुनरुत्थानका लागि बजेट न्यून, तर भोट–बैंक राजनीतिका लागि बजेट अपार छ भने।
उनले अझ अघि भने- अझ उत्तर बंगालतिर हेर्दा त तस्वीर झन् स्पष्ट हुन्छ। सडक, अस्पताल, रोजगारी, सञ्चार—सबैका लागि लामो समयदेखि अभाव भोगिरहेको उत्तरबंगालले पाएको छ मात्र ९२०.१३ करोड रुपैयाँ। भोटको बेला सम्झिन्छन्, बजेटमा बिर्सिन्छन्।

यसैगरी विधायकले यो बजेटले गम्भीर औद्योगिकीकरणको कुनै योजना छैन, रोजगारी सृजनाको कुनै रोडम्याप छैन, क्षेत्रीय विकासमा सन्तुलन छैन, केवल लक्ष्यित तुष्टीकरणको राजनीति चलिरहेको छ भनि व्यक्त गरे।










