सिलगढी: सिलगढीमा विकासका अपार सम्भावनाहरू रहेका छन् र तृणमूल कांग्रेसले सहरको जिम्मेवारी सम्हालेपछि उल्लेखनीय सुधार देखिएको छ। मेयर गौतम देवले भने कि तृणमूल कांग्रेस सत्तामा आएपछि सिलगढी सहर पूर्ण रूपमा रूपान्तरित भएको छ।
उनले भने, “हामी सिलगढीलाई अझ विकसित र आधुनिक सहर बनाउने दिशामा निरन्तर प्रयासरत छौँ। हाम्रो लक्ष्य सिलगढीलाई एक आधुनिक सहरको रूपमा स्थापित गर्नु हो, र सोही लक्ष्यसहित हामी अघि बढिरहेका छौँ।”
मेयरले आरोप लगाउँदै भने कि भाजपा र माकपाले लगातार उनिहरू विरुद्ध दुष्प्रचार गरिरहेका छन्, तर त्यसको कुनै सकारात्मक परिणाम आउने छैन, किनकि जनता अब सबै कुरा बुझिसकेका छन्।
उहाँले थप भन्नुभयो, “हाम्रा मुख्यमन्त्रीले स्पष्ट निर्देशन दिनुभएको छ, अरू कुरातिर नहेरी जनताको विकासका लागि काम गर्दै अघि बढ्नू। जहाँ जनताको भलो हुन्छ, त्यहीँ राजनीति स्वतः सफल हुन्छ। आगामी दिनमा पनि हाम्रोसँग धेरै योजनाहरू छन्, जसलाई छिट्टै अन्तिम रूप दिइनेछ।”









