काठमाडौं: काठमाडौंको कोटेश्वरमा अण्डा घाटीँमा अड्किएर एक पुरुषको मृत्यु भएको छ।
बिहीबार साँझ ७ बजे उसिनेको अण्डा खाँदा अड्किएर एक पुरुषको ज्यान गएको कोटेश्वर पुलिस ले जनाएको छ।
विशाल खाजा घरमा खाजा खाइरहेका उनको घाँटीमा अण्डा अड्किएको थियो। ४५ वर्षीय ती पुरुष खाँदै गर्दा अचेत भएका थिए।
उनलाई तुरुन्तै अस्पताल लगियो, तर डाक्टरले उनलाई मृत घोषित गरे। उनको सनाखत भने भएको छैन।











