मानसिक स्वास्थ्यसम्बन्धी समस्या लामो समयदेखि निषेध (ट्याबु): डा. मिनु बुधिया

IMG-20260202-WA0082

नयाँ दिल्ली: केरिङ्ग माइन्ड्स ईन्टरनेशनलका संस्थापक एवं मनोचिकित्सक डा. मिनु बुधियाले प्रेस विज्ञप्ति मार्फत “मानसिक स्वास्थ्यसम्बन्धी समस्या लामो समयदेखि निषेध (ट्याबु) का रूपमा हेरिँदै आएको र यसबाट पीडित व्यक्तिहरू सामाजिक कलङ्कको सामना गर्न बाध्य भएका छन् भनि उल्लेख गरिन्।
उनले धेरै वर्षसम्म अधिकांश परिवारहरूले यस्ता समस्यालाई दबाएर राखेर मनोचिकित्सक वा मनोवैज्ञानिककहाँ उपचार गराएकाहरूलाई पनि आफ्ना अवस्था र उपचारबारे गोप्य राख्न दबाब दिइयो भनि उल्लेख गरेकि छन्।
उनले विज्ञप्तिमा उनि विगत केही दशकदेखि यही नकारात्मक धारणा विरुद्ध लड्दै आएकी र केन्द्रीय बजेटले उत्तर भारतमा ‘निम्हान्स–२’ स्थापना गर्ने तथा राँची र तेजपुरस्थित विद्यमान राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानहरूलाई क्षेत्रीय शीर्ष (एपेक्स) संस्थानका रूपमा उन्नयन गर्ने घोषणा गरेको देख्दा खुशी र आशाले भरिदिएको अनुभव व्यक्त गरिन्।
अन्तमा डा.बुधियाले विज्ञप्तिमा यो केवल सुरुवात मात्र हो र आगामी दिनहरूमा अझ धेरै सकारात्मक कदमहरू चालिनेछन् जसबाट देशका सबै नागरिकहरूले आवश्यक मानसिक स्वास्थ्य सेवा र सहयोग प्राप्त गर्न सक्नेछन् भनि व्यक्त गरिन।”

About Author

Advertisement