नयाँ दिल्ली: पाकिस्तानले आइतवार भारतविरुद्ध टी२० वर्ल्ड कपको म्याच खेल्न अस्वीकार गऱ्यो। पाकिस्तानको सरकारले राष्ट्रिय टीमलाई ७ फरवरीदेखि शुरु हुने यस वैश्विक टुर्नामेण्टमा हिस्सा लिने अनुमति दिए पनि भारतविरुद्ध म्याच वहिष्कार गर्ने निर्देश जारी गरेको छ। भारतविरुद्ध म्याच वहिष्कार गर्ने धम्की दिने पाकिस्तानले अब गम्भीर परिणाम भोग्नु पर्न सक्छ। पाकिस्तान सरकारले एक्स-मा लेखेको छ, पाकिस्तान क्रिकेट टीम १५ फरवरीमा भारतविरुद्ध खेलिने म्याचको निम्ति मैदानमा ओर्लिनेछैन। बयानमा भारतविरुद्ध म्याच वहिष्कार गर्ने कुनै कारण बताइएको छैन। पाकिस्तान सरकारको यस बयानलाई बंग्लादेशलाई टी२० वर्ल्ड कपबाट हटाइएको विषयसँग सम्बन्धित एउटा राजनैतिक विरोधको रूपमा हेरिँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले बंग्लादेशको म्याचहरू भारतबाट श्रीलंकामा स्थानान्तरित गर्ने अनुरोधलाई अस्वीकार गरेको थियो। लामो समयसम्म आफ्नो जिदमा कायम रहँदा आईसीसीले बंग्लादेशलाई टी२० वर्ल्ड कपबाट बाहिर गरेर स्कटल्याण्डलाई मौका दिएको थियो।
आईसीसी-ले पाकिस्तान सरकारको यस फसेलामाथि प्रश्न उठाउँदै म्याच वहिष्कार गरेको परिणामस्वरूप दण्डात्मक प्रतिबन्ध लाग्न सक्ने चेताउनी दिएको छ। क्रिकेटको वैश्विक संस्थाद्वारा जारी बयानमा भनिएको छ, पीसीबी-ले आफ्नो देशमा क्रिकेटमाथि पर्ने महत्त्वपूर्ण अनि दीर्घकालिक प्रभावहरूमाथि विचार गर्ने आईसीसी-लाई आशा छ कारण यसले वैश्विक क्रिकेट व्यवस्थामाथि असर पर्ने सम्भावना छ, जसको उनीहरू स्वयं पनि एक सदस्य र लाभार्थी हुन्। आईसीसी राष्ट्रिय नीतिको मामिलाहरूमा सरकारहरूको भूमिकालाई सम्मान गर्छ तर यो निर्णय वैश्विक खेल या विश्वभरिका प्रशंसकहरू जसमा पाकिस्तानका लाखौं प्रशंसक पनि सामेल छन्, उनीहरूका हितमा रहेको छैन। हामी पीसीबी-बाट आधिकारिक संवादको प्रतीक्षा गरिरहेका छौं तर चयनात्मक भागीदारीको यो निर्णय कुनै पनि वैश्विक खेल प्रतियोगिताको मूल भावनाको विपरीत हो। विश्व स्तरीय टुर्नामेण्टहरूमा सबै योग्य टीमहरूले तय कार्यक्रम अनुसार समान शर्तहरूमा भाग लिन्छन्। आईसीसी टुर्नामेण्ट खेल भावना, प्रतिस्पर्धा, निरन्तरता र निष्पक्षतामाथि आधारित छ। वैश्विक संस्थाको सर्वोच्च प्राथमिकता आईसीसी पुरुष टी२० वर्ल्ड कपको सफल आयोजन हो, जसको जिम्मेवारी पीसीबी-सहित सबै सदस्य देशहरूको हो। आईसीसी-लाई पीसीबी-बाट सबै हितधारकहरूका हितहरूको रक्षा गर्दै आपसी सहमतिद्वारा सकारात्मक समाधानको आशा रहेको छ। उल्लेखनीय छ, भारत र पाकिस्तानबीच म्याचलाई लिएर दुवै देशका क्रिकेट प्रशंसकहरूबीच व्यापक उत्साह रहन्छ। विश्वभरि ठूलो संख्यामा दर्शकहरूले म्याचको आनन्द लिने हुनाले भारत–पाक म्याचबाट प्रायोजक र ब्रडकास्ट राजस्वमा पनि ठूलो फाइदा हुन्छ। पाकिस्तानले म्याच वहिष्कार गरे ब्रडकास्टरलाई २००–देखि २५० करोड़ रुपियाँसम्मको नोक्सान हुनसक्छ। यस म्याचको निम्ति १० सेकेण्डको कमर्शियल विज्ञापन स्लटको मूल्य ४० लाख रुपियाँसम्म रहेको छ। यसबाहेक पाकिस्तानले म्याच वहिष्कार गरे भारतलाई नै फाइदा हुनेछ। पाकिस्तानले म्याच नखेले भारतलाई २ पोइण्ट्स प्राप्त हुनेछ अनि आईसीसी-सँग पीसीबी-माथि पेनल्टी लगाउने अधिकार पनि हुनेछ। वक्ओवरको निम्ति भारतीय टीम टसको अवधि मैदानमा रहनु पर्नेछ। पाकिस्तानका कप्तान सलमान अली आगा टसको निम्ति अघि नआए म्याच रेफरीले भारतलाई २ पोइण्ट्स दिइएको घोषणा गर्नेछन्। म्याच वहिष्कार गरे पाकिस्तानले गम्भीर परिणाम भोग्नु पर्नेछ। पाकिस्तानको वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) पोइण्ट्स काटिन सक्छ। पाकिस्तानलाई आईसीसी ऱ्याङकिंगमा पनि नोक्सान हुनसक्छ। आईसीसी सदस्य देशहरूका शीर्ष टीमहरूले पाकिस्तान यात्रा गर्न अस्वीकार गर्न सक्छ। यसबाहेक पाकिस्तान सुपर लीग (पीएसएल)-मा अन्य देशहरूका खेलाड़ीहरूका भागीदारीमाथि पनि रोक लाग्न सक्छ।










