स्पेनिश ला लीगाः रायो भाल्लेकानोविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जीत

IMG-20260202-WA0089

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा रियल म्याड्रिडले रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले रायो भाल्लेकानोविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड बर्नब्यू स्टेडियममा ५७ प्रतिशत पोजेशनको साथ खेल्दै रियल म्याड्रिडले शुरुमै गोल गरे पनि रायो भाल्लेकानोले असाधारण पुनरागमन गऱ्यो। विनिसियस जूनियरले रियल म्याड्रिडलाई १५औं मिनटमा बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। रायो भाल्लेकानोले पनि दोस्रो हाफको शुरुमै स्कोर बराबरीमा पुऱ्यायो। जर्ज डी फ्रूटोसले ४९औं मिनटमा गोल गरे। त्यसपछि ९० मिनटसम्म पनि स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि इञ्ज्युरी टाइमको दशौं मिनटमा कीलियन एम्बाप्पेले पेनल्टीबाट गोल गरी रियल म्याड्रिडलाई जीत दिलाए। म्याचको अन्तिम समयमा रायो भाल्लेकानोका पाथे सिस र पेप चावारियालाई रेड कार्ड देखाइयो। यस जीतको साथ रियल म्याड्रिड २२ वटा म्याचमा ५४ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा रहन पुग्यो। यसरी रियल बेटिसले भेलेन्सियाविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको निम्ति एजेक्विल एविला र पाब्लो फोरनाल्सले गोल गरे। यस जीतको साथ रियल बेटिस ३५ पोइण्ट्सको साथ पाँँचौं स्थानमा पुग्यो। यसरी गेटाफे र सेल्टा विगोबीच खेलिएको म्याच गोलरहित (०-०) ड्र-मा समाप्त भयो। एथलेटिक क्लब र रियल सोसिएदादबीचको म्याच पनि १-१-ले ड्र रह्यो।

About Author

Advertisement