कोलकाता: आसनसोल क्षेत्रकी भाजपा विधायिका श्रीमती अग्निमित्रा पालले आज सामाजिक संजाल मार्फत राज्यका सत्तारूढ दलका नेता–नेत्रीहरूले प्रयोग गर्ने भाषा र अभिव्यक्तिको कारण राजनीतिलाई भविष्यका शिक्षित पुस्ताको आँखामा एउटा विभीषिकामय उदाहरणका रूपमा छोड्दै गएको आरोप लगाइन्। उनले सर्वोच्च नेताले जुन भाषा प्रयोग गर्छन्, त्यही भाषा त क्याडरहरूको मुखमा पनि बस्छ यस विषयमा केही भनाइ रहेको बताइन्।
श्रीमती पालले यो प्रशासनमा लाज भन्ने कुरा नरहेको र एकदमै निर्लज्ज सरकार रहेको र जसले आफ्नै स्वार्थ सिध्याउन साधारण मानिसलाई जलाएर मार्नसमेत नहिचकिचाएको आरोप लगाइन्।
आर.जी. करदेखि आजको आनन्दपुरसम्मको घटना त्यसको उदाहरण हो भन्दै प्रहरी प्रशासनले केवल ध्यान अन्यत्र मोड्ने उद्देश्यले अनुसन्धानमा ढिलासुस्ती देखाएको छ र देखाइरहेको विषयमा पनि उनको केही भनाइ रहेको संजालमा गुनासो व्यक्त गरिन्।











