सिलगढी: आज सिलगढीका भाजपा विधायक डा. शंकर घोषले सामाजिक संजाल मार्फत यस वर्षको डब्ल्यूबीसीएस(पश्चिम बंगाल प्रशासनिक सेवा) परीक्षामा पहिलो स्थान प्राप्त गरेकी सिलगढीको देशबन्धुपाडा की सृजा नमोशर्मालाई सिलगढी शहरको तर्फबाट हार्दिक बधाई व्यक्त गरे।
स्मरण रहोस् उनी सिलगढी गर्ल्स हाई स्कूलकी पूर्व छात्रा हुन्। सृजाको यस शानदार सफलता भविष्यमा सिलगढी मात्र नभई राज्यभरका अनेकौँ युवतीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।
संजाल मार्फत कामना गर्दै डा. घोषले सृजा पश्चिम बंगाल पुलिस सेवा (डब्ल्यूबीपीएस) मा एक दक्ष, ईमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको रूपमा राज्यका जनताको पक्षमा दृढतापूर्वक खडा रहून् भने। साथै सिलगढी र राज्यभरिका नागरिकहरूले उनको सफलतामा गर्वको अनुभव गरिरहेका छन् भनि उल्लेख गरे।









