मुख्यमन्त्री प्रेम सिंहद्वारा शहिदहरुलाई समवेदना प्रकट

photocollage_2026130151238693

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सामाजिक संजाल मार्फत शहीद दिवसको यस गम्भीर अवसरमा देशको स्वतन्त्रता, एकता र सार्वभौमिकताका लागि आफ्नो जीवन बलिदान गर्ने राष्ट्रका वीर छोरा–छोरीहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले संजालमा उनीहरूको सर्वोच्च बलिदान नै लोकतन्त्रको आधारशिला हो र आज पनि यसले सामूहिक विवेकलाई मार्गदर्शन गरिरहेको छ भने। यस अवसरमा राष्ट्रपिता महात्मा गान्धीलाई पनि स्मरण गर्दै महात्मा गान्धीको सत्य, अहिंसा र निस्वार्थ सेवामा आधारित जीवनले विश्वलाई नैतिक स्वतन्त्रताको मार्ग देखाएको कुरा उल्लेख गरे साथै उनका आदर्शहरू न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाज निर्माणका लागि सधैं प्रेरणाको श्रोत बनेका छन् भनि जनाए।
अन्तमा मुख्यमन्त्रीले संजाल मार्फत शहीदहरू तथा महात्मा गान्धीलाई सम्मान अर्पण गर्दै, उनीहरूले आत्मसात् गरेका मूल्यहरू—न्याय, समानता, सद्भाव र राष्ट्रिय अखण्डता—प्रति हाम्रो प्रतिबद्धतालाई पुनः दृढ गरौं र निष्ठा तथा इमान्दारिताका साथ राष्ट्रसेवामा समर्पित बनौं भनि आव्हान गरे। अन्तमा मुख्यमन्त्रीले शहीदहरू तथा राष्ट्रपिता महात्मा गान्धीप्रति विनम्र श्रद्धाञ्जली प्रकट गरे।

About Author

Advertisement