दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले गोसाइँपुर एयरपोर्ट अथोरिटी मैदानमा कार्यकर्ताहरूसँग सहभागी भई आउँदो “कार्यकर्ता सम्मेलन” का लागि भइरहेको अन्तिम तयारीहरूको अवलोकन गरे।
यसबारेमा विष्टले सामाजिक संजाल मार्फत उल्लेख गर्दै यो सम्मेलन ३१ जनवरी २०२६ मा आयोजना हुने तय भएको छ भने। सांसद विष्टले उक्त सम्मेलनलाई केन्द्रीय गृह मन्त्री अमित शाहले सम्बोधन गर्ने जनाए। उनले दार्जिलिङका पहाड, तराई र डुवर्स क्षेत्रका जनतामा गृहमन्त्रीको स्वागतका लागि ठूलो उत्साह देखिन थालेको छ भने साथै अमित शाह देशका सबैभन्दा सक्रिय र समर्पित गृह मन्त्रीहरू मध्ये एक हुन र, उनी सधैं यस क्षेत्र र यहाँका जनतासँग नजिकबाट जोडिएर रहेको व्यक्त गरे।
आगामी सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न दिनरात मेहनत गरिरहेका सबै कार्यकर्ताहरूलाई सांसदले हार्दिक धन्यवाद व्यक्त गरे।










