सिलगढी: सिलगढीका भाजपा विधायक डा. शंकर घोषले आज सामाजिक संजाल मार्फत महाराष्ट्रका उप-मुख्यमन्त्री अजीत पवार, महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएको जनाउँदै यो असामयिक निधन अत्यन्तै दुःखद र पीडादायी छ भने।
डा. घोषले संजालमा भारतीय राजनीतिका लागि यो एक अपूरणीय क्षति ठहर्याए। उनले पवारको शोकाकुल परिवार, सम्बन्धीजन र अनुयायीप्रति हार्दिक समवेदना प्रकट गर्दै पवारको आत्माले चिरशान्ति प्राप्त गरोस् भनि ॐ शान्तिको ध्वनि उच्चारणसँगै श्रद्धाञ्जलि अर्पण गरे।










