डा. पवन चामलिङद्वारा अजित पवारको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

FB_IMG_1769600140668

गान्ताेक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका अध्यक्ष एवं सिक्किमका भूतपुर्व मुख्यमन्त्री डा.पवन चामलिङले आज सामाजिक संजाल मार्फत राष्ट्रले बारामती नजिकै भएको भयानक विमान दुर्घटनामा आफ्नो जीवन गुमाएका महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रिय काँग्रेस पार्टीका नेता अजित पवारको असामयिक र दुःखद निधनले गहिरो शोक अनुभव गरिरहेको बताए। यस त्रासदीमा अन्य चार जनासँगै पवारको निधनले सम्पूर्ण देशलाई स्तब्ध र शोकाकुल बनाएको छ भने।
उल्लेखित छ डा. चामलिङले संजालमा अजित पवारले आफ्नो सार्वजनिक जीवन १९८२ मा एक सहकारी चिनी उद्योगको बोर्डमा निर्वाचित हुँदै सुरु गरेको प्रकाश पार्दै यसले लामो र घटनापूर्ण राजनीतिक यात्राको सुरुवात गर्यो भने। चामलिङले अझ भने- पवार पहिलो पटक १९९१ मा बारामती संसदीय क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित भए र त्यसपछि विभिन्न महत्वपूर्ण पदहरूमा जनता सेवामा रहे।
डा. चामलिङ अनुसार दशकौँको समयमा पवारले महाराष्ट्र विधानसभाका बहु कार्यकाल सदस्य र अन्य प्रमुख पदहरूमा काम गरे र अन्ततः महाराष्ट्रका उपमुख्यमन्त्रीको रूपमा सेवामा रहेका थिए। उनको राजनीतिक जीवन जनजीवनसँग गहिरो संलग्नता र राज्यको राजनीतिक परिदृश्यमा प्रभावकारी भूमिकाले चिन्हित रहेको जनाए।
अन्तमा डा. चामलिङले अजित पवारको निधन राष्ट्रका लागि, विशेष गरी महाराष्ट्रका जनताका लागि अपरिहार्य क्षति हो भने र यस गहिरो दुःखको घडीमा पवारको परिवार, प्रियजन, सहकर्मी तथा समर्थकहरू प्रति हार्दिक समवेदना प्रकट गरे साथै उनीहरूलाई परेको यस कठिन समयमा बल र शान्ति प्राप्त होस् भन्दै पवारको आत्माले शाश्वत शान्ति प्राप्त गरोस् भनि हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे।

About Author

Advertisement