चित्रबहादुर केसी भन्छन्- नयाँका नाममा नक्कली कुरा गर्नेहरू आए

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँका नाममा नक्कली कुरा गर्ने र भ्रम छर्नेहरू आएको टिप्पणी गरेका छन्। बुटवलमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रको अवस्थाबारे जनतालाई सजग गराउनुपर्ने बताए।

उनले भने, ‘नयाँ-नयाँ रूपमा, नयाँ-नयाँ कुराहरू गरेर विभिन्न खाले मान्छेहरू अहिले नेपाली जनतालाई भ्रममा पार्न जो आइराखेका छन्। त्यसमा दृढतापूर्वक हामीले जनतालाई सजग गराउनुपर्छ र राष्ट्रको अस्तित्व जोगाउने कुरामा हामी सबै एक ढिक्का हुनुपर्छ।’

विगतमा जानेर नजानेर जे गल्ती, कमजोरी गरेको भए पनि अब सच्याउनुपर्ने बताए।

उनले थपे, ‘अब पहिले जस्तो गरेर लहलहैमा लागेर जसले उक्साउँछ, जसले चोटिलो कुरा गर्छ, जसले कृत्रिम कुरा गर्छ, जसले नक्कली कुरा त्यसबाट सचेत हुनुपर्छ।’

About Author

Advertisement