भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सीले भनिन्– ‘अमेरिकी आदेश अब सह्य छैन’

Venezuela's Vice President Delcy Rodriguez speaks during a meeting with Venezuela's Foreign Minister Yvan Gil (out of frame) and members of the diplomatic corps accredited to Venezuela at the Ministry of Foreign Affairs in Caracas on August 8, 2024. (Photo by Federico PARRA / AFP) (Photo by FEDERICO PARRA/AFP via Getty Images)

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाबाट आउने आदेशहरू अब सह्य नभएको बताएकी छन् । पूर्वराष्ट्रपति निकोलास मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएपछि देशलाई एकताबद्ध गर्ने प्रयासमा रहेकी रोड्रिगेजले वासिङ्टनको दबाबप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी हुन् ।

राज्यबाट सञ्चालित टेलिभिजनमार्फत प्रशारण भएको कार्यक्रममा उनले भेनेजुएलाका आन्तरिक राजनीतिक विवाद देशभित्रै समाधान हुनुपर्ने र बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएको सीएनएनले जनाएको छ । उनले भेनेजुएलाले चरमपन्थ र फासिवादको परिणाम भोगिसकेको भन्दै राष्ट्रिय स्वाभिमान र सम्मानको माग गरिन् ।

अमेरिकाले मादुरो पक्राउपछि भेनेजुएलामाथि तेल उत्पादन पुनः सुरु गर्न, चीन, रुस, इरान र क्युवासँगको सम्बन्ध तोड्नेलगायत दबाब बढाउँदै आएको छ । यद्यपि, रोड्रिगेजले अमेरिका शत्रु नभएको स्पष्ट पार्दै आपसी सम्मानका आधारमा सम्बन्ध चाहिएको बताइन् । – एजेन्सी

About Author

Advertisement