गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सामाजिक संजाल मार्फत बारामतीमा भएको विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको असामयिक निधनको दुःखद समाचारले अत्यन्त स्तब्ध र गहिरो शोक प्रकट गरे साथै ॐ शान्ति ध्वनिको उच्चारणसँगै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे।
मुख्यमन्त्रीले पवारको निधन महाराष्ट्रका जनताका लागि मात्र होइन, उनलाई चिनेका र सम्मान गर्ने सबैका लागि अपूरणीय क्षति हो भने।
यसैगरी अन्तमा मुख्यमन्त्रीले पवारका परिवार, उनका समर्थकहरू तथा यस गहिरो क्षतिमा शोकाकुल प्रत्येक नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरे। सेवा र नेतृत्वको पवारको विरासत सधैं स्मरणीय रहोस् भनि संजाल मार्फत कामना गरे।










