फूलपाती कपः एमयूएफसी र कुमार एफसी फाइनलमा

IMG_20220930_235026.jpg

३० सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा सेमिफाइनल म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत आज खेलिएको पहिलो सेमिफाइनल म्याचमा एमयूएफसी खरसाङले प्रशान्त एफसी-लाई ४-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो सेमिफाइनल म्याचमा कुमार एफसी, रोहिनीले खहरे एफसी, खरसाङलाई ५-०-ले पराजित गऱ्यो। अब २ अक्टोबरको दिन खेलिने फाइनलमा एमयूएफसी र कुमार एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *