दिपावली कपः छुजाचेन स्पोर्ट्स एकाडमी (सीएसए) प्री क्वार्टर फाइनलमा

IMG_20220930_234843.jpg

३० सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शुक्रवार सिक्किमको छुजाचेन स्पोर्ट्स एकाडमी (सीएसए)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा सीएसए-ले डीपीएफसी रंगबूललाई ३-२-ले पराजित गऱ्यो। सीएसए-बाट माइकल प्रधानले १५औं र २४औं मिनटमा २ गोल गरे। यसरी नै मनिक गुरुङले १२औं मिनटमा १ गोल गरे। म्याचमा असल प्रदर्शन गरे पनि मध्यान्तर अघि नै ३ गोल खाएपछि डीपीएफसी-ले खेललाई हातबाट उम्कायो। डीपीएफसी-का अनुभवी राज राउतले पछिबाट २ गोल गरे पनि सिक्किमको टीमलाई म्याच जित्नदेखि रोक्न सकेनन्। विजेता टीमका गोलकीपर मुसामाता रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा चाइल्डहूड एफसी, नाम्ची र फ्यूचर स्टार स्पोर्टिंग क्लब, जोरथांगबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *