पश्चिम बंगालका तीन विश्वविद्यालयमा स्थायी कुलपति नियुक्त

university-and-lecture-icon-concept-vector
पाँचवटाका लागि सर्वोच्च अदालतको स्वीकृति पर्खिरहेको

कोलकाता: पश्चिम बंगालका राज्यपाल डा. सी. भी. आनन्द बोसले मंगलबार तीन विश्वविद्यालयमा स्थायी कुलपति नियुक्त गरेका छन्। नियुक्ति अनुसार बाबासाहेब अम्बेडकर एजुकेसन विश्वविद्यालयको कुलपतिमा अरुणाशीष गोस्वामी, उत्तर बंग कृषि विश्वविद्यालयमा देबब्रत बासु र वेस्ट बंगाल स्टेट विश्वविद्यालयको कुलपतिमा देबब्रत मित्रा चयन भएका छन्।
राज्यपाल डा. बोस प्रदेशका विश्वविद्यालयहरूको कुलाधिपति (चान्सलर)समेत हुन्। जानकारीअनुसार राज्यका आठ विश्वविद्यालयमध्ये तीनवटामा स्थायी कुलपति नियुक्ति भइसकेको छ भने बाँकी पाँच विश्वविद्यालयका लागि सर्वोच्च अदालतबाट सिफारिस भई आउने नामको प्रतीक्षा भइरहेको छ।

About Author

Advertisement