सोनादा: इज्रराएलको तेलअभिभ शहरस्थित मानव धर्म कार्यालयमा गणतन्त्र दिवस एवं युवा प्रणेता श्री विभूजी महाराजजीको ४४औं पावन जन्मोत्सवमा, इजरायलको विभिन्न प्रान्तबाट प्रेमीहरूको जमघट साथै जुममार्फत युएसएबाट योग बाइजीको दिव्य उपस्थितिमा धुमधाम अनि हर्षोलासको साथमा मनाइयो।जुममार्फत देश विदेशबाट धेरै सङ्ख्यामा प्रेमी एवं जिज्ञासुहरू पनि उपस्थित थिए।कार्यक्रमलाई सीता विश्वले सञ्चालन गर्दै जन्मोत्सव कार्यक्रमको मुख्य विषय श्री विभूजी महाराजजीलाई जन्मदिनको हार्दिक बधाई दिए साथै मुख्य अतिथि जिज्ञासु राजीव दुलालद्वारा महाराजजीको तस्विर अघि दीप प्रज्वलन अनि माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गर्दै सामूहिक गुरुवन्दना गरियो। कार्यक्रमको दोस्रो चरणमा अनिता शर्माद्वारा महाराजजीको दिव्य जीवनीको स्मरण गराउँदै उनको हरेक दैनिक कार्यक्रम सत्संग अनि उहाँद्वारा सञ्चालित “मिसन एजुकेसनको” पनि प्रकाश पार्नुभयो भने दिपेन्द्र राईद्वारा युवा प्रणेता श्री विभूजी महाराजजीको हाम्रो दिशाहीन युवाहरूलाई दिशाबोध
गर्न के कस्तो योगदान दिएर युवाहरूलाई सही मार्गदर्शन गर्नुहुदैछ भन्ने विषयमा जोड़ दिँदै सत्संग राखेका थिए। अनुप गुरुंग,समझ्ना गुरुंग अनि शिखा विश्वको सुमधुर भजनहरुले वातावरणलाई भक्तिमय बनाएका थिए। युएसएबाट योग बाइजीले सत्संगको सार राख्दै भारतको गणतन्त्र दिवस, जन्मोत्सव साथै बसन्त पञ्चमीको महत्व साथै बसन्त पञ्चमीकै दिन श्री गुरु महाराजजीको शुभ विवाह तपोभूमि हरिद्वारमा भएको सम्झना गराउँदै आत्माज्ञान द्वारा मात्र मानव जीवन सफल हुने कुरो अवगत गराइन्। अन्त्यमा भावना राई अनि सरोज सुब्बाद्वारा आरती गरी कार्यक्रमको समापन गरे पश्चात् इजराइलको अति उचाँईमा रहेको लेबनन् अनि सिरियाको सिमानामा अवस्थित माउन्ट हर्मोनमा आध्यात्मिक यात्रा गर्दै गणतन्त्र दिवस एवं श्री विभूजी महाराजजीको जन्मोत्सवको शुभ अवसर पार्दै शान्तिको प्रतिकस्वरूप भारत अनि सत्यनामको झण्डा सिमानामा फरफराउँदै जयकाराको साथमा हर्षोल्लास पूर्वक यात्राको समापन गरियो।










