बर्लिन: फर्मूला १-का महानतम् ड्राइवरहरूमा सामेल माइकल शूमाकरको जीवनमा १२ सालपछि एउटा यस्तो मोड़ आएको छ जसको कसैले कल्पना पनि गरेका थिएनन्। सातपल्टका वर्ल्ड च्याम्पियन शूमाककर अहिले सम्पूर्ण रूपले ओछ्यानमा आश्रित छैनन् अनि रिपोर्ट्स अनुसार अहिले उनी व्हीलचेयरको सहायताले आफ्नो घरमा घुमफिर गर्न सक्छन्। लामो समयसम्म केवल मेडिकल रूममा सीमित रहने शूमाकरको रिकवरीमा यो बद्लाउ डाक्टरहरू, परिवार र विश्वभरिका उनका प्रशंसकहरूका निम्ति ठूलो राहत हो। साल २०१३-को स्कीईंग दुर्घटनापछि शूमाकरको स्थिति सदा गोपनीय राखिएको थियो। उनको उपचार र मानसिक शान्ति प्रभावित नहोस् भनेर शूमाकरको परिवारले मीडियासँग दूरी कायम राखेको थियो। हालैको रिपोर्ट्स अनुसार, शूमाकर अहिले सीधा बस्न सक्छन् अनि सीमित रूपले आँखाको प्रतिक्रियाको माध्यमले वरिपरिको चीजहरूलाई बुझ्न सक्छन्। ब्रिटिश टेबलोयड द डेली मेलले शूमाकरको संज्ञानात्मक जागरुकतामा केही सुधार देख्न पाइएको पनि दावी गरेको छ। उनको सञ्चार अत्यन्त सीमित भए पनि वरिपरिको चीजहरूलाई आंशिक रूपले बुझ्न सक्छन्। शूमाकरको रिकवरीको यस यात्रामा उनकी पत्नी कोरिना शूमाकरको भूमिका सबैभन्दा मजबूत आधार रह्यो। उनले स्विट्जरल्याण्ड र स्पेनमा स्थित घरहरूमा वर्ल्ड-क्लास मेडिकल सेटअप तयार गरिन्, जसमा २४ घण्टा डाक्टर, विशेषज्ञ नर्सहरू, फिजियोथेरेपिष्ट र न्यूरोलजी स्पेशलिष्ट उपस्थित रहन्छन्। कोरिनाले सालौंदेखि मीडियासँग दूरी कायम राखेर शूमाकरको डेटा र प्राइवेसीको कड़ा रक्षा गरेकी छन्। उल्लेखनीय छ, २९ दिसम्बर २०१३-मा फ्रेञ्च आल्प्सको मेरिबेलमा स्कीईंग गर्दा शूमाकरको शीर बरफले ढाकिएको एउटा ढुंगमा ठोक्किएको थियो। हेलमेटले ज्यान बचाए पनि दुर्घटनाको गम्भीरताले गर्दा उनको २ पल्ट एमरजेन्सी ब्रेन सर्जरी गरिएको थियो अनि २५० दिनसम्म कोमामा रहेका थिए। त्यस दिनदेखि लिएर अहिलेसम्म शूमाकरको जीवन संघर्ष, साहस र परिवारको दृढ़ताको कहानी बनेको छ। रिकवरी प्रक्रिया केवल मेडिकल नभएर मानसिक र भावनात्मक पनि रह्यो।










