कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः रोमाञ्चक टाई ब्रेकरमा जीतको साथ जर्जियन युनाइटेड फाइनलमा

IMG_20220930_233242.jpg

३० सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा सेमिफाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल म्याचमा जर्जियन युनाइटेड एफसी-ले त्रिवेणी स्टार, फाप्रीलाई टाई ब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा जर्जियन युनाइटेडबाट प्रवीण सुब्बाले अनि त्रिवेणी स्टारबाट सन्दीप तामाङले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *