सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः आरकेएसपी च्याम्पियन

IMG-20220930-WA0126.jpg

३० सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा आरकेएसपी च्याम्पियन भयो। शुक्रवार खेलिएको रोमाञ्चक फाइनलमा आरकेएसपी-ले सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूलको यल्लो टीमलाई २-१-ले पराजित गऱ्यो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टको फाइनलमा प्रियांजल गुरुङले सातौं मिनटमै आयोजक स्कूललाई बढ़त दिलाए पनि पछिबाट दुईवटा आत्मघाती गोलले आरकेएसपी-लाई जीत दिलायो। आज फाइनलमा मुख्य अतिथिको रूपमा नवराज छेत्री (पूर्व छात्र तथा सभासद, युवा एवम् खेलकुद विभाग, जीटीए) उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिको रूपमा अल्ट्रा म्याराथन धावक सुनिता सुब्बा उपस्थित थिइन्। यसको साथमा पूर्व शिक्षकहरू, एल्यूम्नी एसोसिएशन सदस्यहरूका विशेष उपस्थिति थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ११ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा च्याम्पियन आरकेएसपी-का खेलाड़ी शुभम प्रधानले प्लेयर अव् द म्याच र हाइएस्ट स्कोररको पुरस्कार जिते। यसरी नै आयोजक स्कूलका छेवांग तामाङले मोस्ट भेल्यूएबर प्लेयर अव् द टुर्नामेण्ट र प्रियांजल गुरुङले बेस्ट डिफेण्डरको पुरस्कार जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *