नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार ७७औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय झण्डा तिरंगा फहराइन्। त्यसपछि राष्ट्रगान गाइयो र प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णनसहित उपस्थित सबै विशिष्ट व्यक्तिहरूले राष्ट्रिय झण्डालाई सलामी अर्पण गरे।
कर्तव्य पथमा आयोजित गणतन्त्र दिवस समारोहमार्फत भारतको समृद्ध सांस्कृतिक विविधता, राष्ट्रिय एकता, विकास र सैन्य क्षमताको भव्य प्रदर्शन सुरु भयो। यस वर्षको समारोहको मुख्य विषय ‘वन्दे मातरम्का १५० वर्ष’ रहेको छ।
समारोह प्रारम्भ हुनु अघि राष्ट्रपति मुर्मू परम्परागत बग्गीमा सवार भई कार्यक्रम स्थलमा पुगिन्। ‘विविधतामा एकता’ विषयमा करिब १०० सांस्कृतिक कलाकारहरूको परेड प्रस्तुत गरिएको थियो।
यसअघि प्रधानमन्त्री मोदीले राष्ट्रिय युद्ध स्मारकमा पुगेर शहीदहरूप्रति कृतज्ञ राष्ट्रको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेसँगै देशभर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत भएको थियो।
समारोहमा रक्षा मन्त्री राजनाथ सिंह, प्रमुख रक्षा अध्यक्ष जनरल अनिल चौहान तथा स्थल, नौसेना र वायु सेनाका प्रमुखहरू पनि उपस्थित थिए। युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी छन्।










